२०७९ आश्विन १२ बुधबार

बाइडेन भन्छन् : निरन्तर यु’द्धको युग अन्त्य गरेर अथक कू’टनीतिको युग सुरु गर्दैछौँ ।

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘निरन्तर यु’द्धको युग’ समाप्त गरेर अमेरिकाले ‘अथक कूट’नीतिको नयाँ युग’ सुरु गरिरहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बाइडेनले विगतको यु’द्ध लड्न छाडेर अमेरिका भविष्य’तर्फ केन्द्रित हुने बताए।

‘विगतको यु’द्धलाई निरन्तरता दिनुको सट्टा हामी आफ्नो ध्यान हाम्रो सामूहिक भवि’ष्यमाथि आइपर्ने चुनौ’तीतिर केन्द्रित गर्दैछौँ। यो महामारीको अन्त्य, जलवायु सं’कटको सम्बोधन, बदलिँदो विश्वव्यापी शक्ति सन्तुलनको व्यवस्थापन, व्यापार, साइबर र उदाउँदा प्रविधिजस्ता महत्वपूर्ण मु’द्दाहरुमा विश्वको नियम निर्माण र आतं’कवादको सामनाजस्ता चु’नौती हामीसामु छन्,’ बाइडेनले भने।

‘हामीले अफगानिस्तानको २० वर्षे द्व’न्द्व समाप्त गरेका छौँ। र, यो निरन्तर यु’द्धको युग समाप्त गर्दै गर्दा हामीले अथक कूटनीतिको नयाँ युग सु’रुवात गरिरहेका छौँ,’ उनले भने।
अगस्ट महिनामा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको थियो। उनले अमेरिकाको ध्यान अब इन्डो–प्या’सिफिक क्षेत्रमा केन्द्रित हुने र आफ्ना सहयोगी मुलुक तथा राष्ट्र संघसँग मिलेर काम गर्ने बताए।

अमेरिकाले आफ्नो ध्यान ती प्राथमिकता र इन्डो प्यासिफिक जस्ता क्षेत्रमा केन्द्रित गर्नेछ, जुन आज र भोलिका लागि पनि निकै महत्वपूर्ण छन्,’ बाइडेनले भने। विश्वव्यापी व्यापार र आर्थिक वृ|द्धिका विषयमा नयाँ नियम बनाउने उनको भनाइ थियो।

बाइडेनले आफ्ना सहयोगी मुलुकहरुलाई आ’श्वस्त तुल्याउने प्रयास पनि गरे। उनले अमेरिकाले फेरि अन्तर्राष्ट्रिय मु’द्दाहरुमा नेतृत्व’दायी भूमिका खेल्ने बताए। ‘हाम्रा साझा चुनौ’तीवि’रुद्ध कदम चाल्न हामी अन्तर्राष्ट्रिय मञ्चहरुको टेबलमा फर्केका छौँ, खासगरी राष्ट्रसंघको,’ बाइडेनले भने।

उनले नेटो, युरोपेली युनियन, आसियान र क्वाडजस्ता गठबन्धन र समूहरुको नाम लिँदै आज र भोलिका चु’नौतीसँग ल’ड्न ती मुलुकसँग साझेदारी गर्ने बताए। बाइडेनले अमेरिका नयाँ शीतयु’द्ध सुरु गर्ने पक्षमा नरहेको बताएका छन्। यद्यपि उनले चीनको नाम नलिई प्रतिस्पर्धा भने गर्ने बताए।

‘अमेरिकाले प्रतिस्पर्धा गर्नेछ। जोडदार रुपमा प्रति’स्पर्धा गर्नेछ। र, हाम्रा मूल्यमान्यता र शक्तिका आधारमा नेतृत्व गर्नेछ,’ बाइडेनले भने, ‘हामी नयाँ शीतयु’द्ध चाहँदैनौँ। विश्व दुई धारमा वि’भाजित होस् भन्ने चाहँदैनौँ,’ उनले भने।

‘२० वर्षमा पहिलो पटक अमेरिका यु’द्धमा सहभागी नभएका बेला म यहाँ उभिएको छु। हामीले नयाँ युग सुरु गरेका छौँ,’ उनले थपे। जल’वायु परिवर्तनसम्बन्धी क’दम चाल्न विकासशील मुलुकलाई सहयोग गर्ने उदेश्यले एक सय अर्ब डलर परिचालन गरिने पनि उनले बताए।

यो विश्वका लागि निर्णायक दशक भएको उनको भनाइ थियो।
यो हाम्रो विश्वका लागि निर्णायक दशक हो, जसले हाम्रो भविष्य नि’र्धारण गर्नेछ,’ बाइडेनले भने। उनले को’भिड–१९ महामारीलाई परास्त गर्न र भविष्यका महामा’रीका लागि तयारी गर्न अन्य मुलुकसँग मिलेर काम गर्ने प्रति’बद्धता पनि जनाए।-दैनिक न्युज नेपाल

२०७८ आश्विन ६, बुधबार २२:३१ गते 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।