२०७९ आश्विन १५ शनिबार

नेपालीलाई मलेसिया रोजगारी खुल्यो, यस्ता छन् पुरा गर्नुपर्ने प्रकृयाहरु

काठमाडौं : श्रमिकको अ’भाव भएपछि मलेसियाले केहि संख्यामा विदेशी श्रमिक लिने निति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका छन् ।

यो निर्णय तत्काल देखि लागु हुने नेपाल स्थित मलेसियाली दूतावासले जनाएको छ । दूतावासले एक विज्ञप्ती जारी गर्दै को’भिड १९ को सं’क्रमण फै’लिन नदिन केहि विशेष प्रावधानहरु भने लागु हुने स्पष्ट पारेको छ ।

मलेसिया जान चाहनेहरुले मलेसियाली अध्यागमन कार्यालयको माइ ट्राभल पास/माई ईन्ट्री (https://www.imi.gov.my) मार्फत दर्ता हुनु पर्नेछ ।
यसैगरी मलेसिया जान चाहनेहरुका लागि मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोपको पूर्ण

मात्रा लगाएको हुनुपर्ने, को’भिडको प’रीक्षण गरिएको नेगे’टीभ रिपोर्ट साथमा हुनुपर्नेछ । यसैगरी मलेसिया पुगेपछि तोकिए अनुसार क्वा’रेण्टीनमा बस्नुपर्नेछ ।

भिसा लगायतका विषयमा कुनै कुरा बुझ्नु परेमा [email protected] मा ईमेल गरेर तथा ०१ ५४४५६८९ मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।

२०७८ आश्विन ७, बिहीबार ०३:३५ गते 1 Minute 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।