२०७९ आश्विन ११ मंगलवार

बिजुली पोलको भाडा नबुझाउँदा प्राधिकरणलाई लाखौँ राजस्व घाटा !

विराटनगर : विराटनगरमा इन्ट’रनेट र केवल टिभीलगायतका सूचना प्रविधि प्रदायक निजी कम्पनीहरुले नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको पोल प्रयोग गरेवापतको

भाडा नबुझाउदा नेपाल विद्युत प्राधिकरणलाई लाखौँ रुपैया राजस्व घाटा भएको छ । विगत ५ वर्ष देखि सम्बन्धित संस्थाहरुले नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको पोलहरु प्रयोग गरेको भाडा नबुझाउदा लाखौँ घा’टामा परेको

वितरण केन्द्रका सूचना अधिकारी भरत केसीले जानकारी दिए । उनले भाडा विवादका कारण ०७३ सालयता एक पैसा पनि राजस्व नआएको बताए । नेपाल विद्युत प्राधिकरणको विराटनगर क्षेत्रमा करिब २ हजार पोलहरु रहेका छन् । तिनै पोलहरु प्रयोग गरेर सूचनाप्रविधिप्रदायक संस्थाहरुले ग्राहकहरुबाट लाखौं रुपैया कमाईरहेका छन् ।

विराटनगरमा संचालित ९ वटा सूचनाप्रविधि सेवाप्रदायक संस्थाहरुले विद्युत र टेलिफोनको पोल प्रयोग गरिरहेका छन् ।
नेपाल टेलिकमको पोल प्रयोग गर्नेहरुले भने विगतदुई वर्ष देखि भाडा नबुझाएको नेपाल टेलिकम विराटनगरका सहायक

लेखाअधिकृत लक्ष्मी प्रसाद पराजुलीले जानकारी दिए ।
धेरै बर्ष देखि प्रयोग गरेका कारण नेपालविद्युतप्राधिकरण र नेपाल टेलिकमले भाडा नदिएपोल प्रयोग गर्न नदिने जनाएपछि सूचना प्रविधि प्रदायक निजी संस्थाहरुले ग्राहकको सेवा शुल्क बढाउने तयारी गरेको छ ।

२०७८ आश्विन ८, शुक्रबार २२:४५ गते 1 Minute 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।