२०७९ आश्विन २० बिहीबार

इजरायल जानका लागि नक्क’ली कागजपत्र पेश गर्ने २७९० जनाको आवेदन फारम रद्द ।

काठमाडौं : सरकारले नक्क’ली कागजपत्र पेश गर्दै इजरायल जानका लागि भन्दै आवेदन दिएका २७९० जनाको आवेदन फारम र’द्द गरेको जनाएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले नक्क’ली कागजपत्र पेश गर्दै आवदेन दिएको खुलेपनि उनीहरुको आवेदन फारम रद्द गरिएको जानकारी दिए ।

कार’वाहीको डरले अझैपनि अन्त’र्वाताका क्रममा आफ्ना आवदेन रद्द गरिपाँउ भन्ने निवेदन आएको उनले बताए । ६ हजार ३ सय १७ जनाले परीक्षा दिएकामा दुई हजार ३९ जना उत्ती’र्ण भएको र त्यसमध्येपनि १६ सय जना छनौट भएको उनले बताए ।

छनौट भएका १६ सय मध्ये इजरायल सरकारको निकायबाट लटरी प्रथाबाट एक हजार जनालाई मात्र अन्तिम छनौट गर्ने सचिव गौतमले जानकारी दिए । उनले अहिलको प्रक्रिया सकिने बितिकै २५ सयको डि’माण्ड तयारी अवस्थामा रहेको उल्लेख गरे ।

इजराइल जानेले महिनाको दुई लाख पाउने र नेपालको रेमिटेन्स पनि बढ्ने उनको भनाइ छ । त्यस्तै बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले आवेदकले प्रमाणपत्रहरु, उचाई, तौल, शेक्षिक योग्यता लगायतका कुुरा स्वघो’षणा गरी निवेदन दिएकोमा अधि’कांशको निवेदनमा त्रु’टी देखिएको बताए ।

उनले उत्तरपुस्तिकालाई चिकित्सा शिक्षा आयोगमा लगेर मेसिनले नै जाँच्ने प्रविधिको प्रयोग गरिएकाले नजिताको काम छिटो भएको जानकारी दिए । बैठकमा समिति सदस्यहरुले बैदेशिक रोजगारमा जाने कामदारबाट लिइने शुल्क तोकिएपनि बढी

शुल्क बुझाउनुपर्ने गुनासो आएको भन्दै मन्त्रालय र बिभागको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्रालयका सचिव गौतमले बैदेशिक रोजगारमा जाँदा १० हजारमात्र बुझाउनुपर्ने नियमलाई अब परिवर्तन गर्नुपर्ने अवस्था आएको धारणा राखे ।

२०७८ आश्विन ८, शुक्रबार २२:५७ गते 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।