२०७९ आश्विन १२ बुधबार

नेपाली फिल्मले जित्यो विश्वकै प्रतिष्ठित अवार्ड ।

काठमाडौं : ‘घर आउ’- यो नेपाली फिल्मले विश्व प्रति
ष्ठित फिल्म अवार्ड जितेको छ । ‘घर आउ’ ले आशा इन्टरनेशनल फिल्म फेष्टिभलमा उत्कृष्ट फिल्म अवार्ड हात पारेको हो ।

नेपाली चलचित्रका च’र्चित नायक सौरमराज तुलाधर सहितको टोलीले अमेरिकामा बनाएको ‘घर आउ’ फिल्मले वि’श्वको सर्वा’धिक प्रतिष्ठित फिल्म फेष्टिभलमा वे’ष्ट अवार्ड हासिल गरेको हो ।

आशा इन्टरनेशनल फिल्म अवार्ड बलिउडका लिजेन्ड कलाकार दादा साहेब फाल्केले थाल्नुभएको थियो । दादा सा’हेब फा’ल्के पुरस्कार पाउनु तथा उहाँले थालेको फिल्म फेष्टिभलमा अवार्ड जित्नु हलिउडका कलाकारहरुको समेत सपना हुने गरेको छ।

‘घर आउलाई हामीले धेरै फिल्म फेष्टिभलमा सहभागी बनायौं, धेरै ठाउँमा अवार्ड जितेका छौं । तर, आशा इन्टरनेशनल फिल्म फेष्टिभलमा वेष्ट फिल्म अवार्ड पाउँदा सपना जस्तो लागेको छ’– सौरमराजले फोन सम्पर्कमा भने-‘वेष्ट फिल्म अवार्ड पाउँछौं भन्ने चिताएकै थिएनौं ।

अवार्डपछि हाम्रो टिम असाध्यै उत्सा’हित भएको छ ।’सौरमराज अहिले अमेरिकामा छन् । न्यूयोर्क फिल्म एकेडेमीमा पढाई पूरा गरेर उनले अमेरिकामै मोडलिङ, म्युजिक भिडियो तथा फिल्महरु गरिरहेका छन् ।

घर आउ सि’र्फ १० मिनेट लामो फिल्म हो । यो फिल्ममा को’भिड कालमा अमेरिकामा रहेका छोरा र नेपालमा रहेकी आमाको तनावको कथा छ । फिल्म निर्माता बाँस्कोटा प्रड’क्सन हो । बाँस्कोटा प्रडक्सनबाट कीर्तनाले कीर्तनाले अन्य केही सर्ट फिल्म बनाइसकेकी छिन् ।

घर आउ फिल्मलाई वि’श्वका अन्य प्रति’ष्ठित फिल्म फे’ष्टिभलहरुमा पनि लगिने भएको छ । यो फिल्म नेपाली दर्शकहरु सा’मु आउनु अरु केही समय लाग्छ होला, अहिले हामीलाई फिल्म फेष्टिभलहरु नै भ्याई न’भ्याई भएको छ’– सौरमराजले भने ।

२०७८ आश्विन ९, शनिबार १४:४५ गते 1 Minute 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।