२०७९ जेष्ठ ५ बिहीबार

पार्टी नै फुटाएर ओलीतिर जादै माओबादीका यी नेता, पौडेल र शर्मा संग यसरी हुदै छ सहमति !

काठमान्डौ : सत्तारूढ दल नेकपा माओवादी केन्द्र फु’टाउनेबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृहकार्य थालेका छन् । सर्वोच्च अ’दालतको पछिल्लो फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग–अलग भएका छन् ।

तर, सरकारलाई दिएको समर्थन भने माओवादी केन्द्रले फि’र्ता लिएको छैन् । पार्टी अलग भएपछि हिजो र आज दुई पटक माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ । तर, समर्थन फिर्ताबारे ठो’स निर्णय लिएको छैन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली ने’तृत्वको सरकार गिराउने र कांग्रेस, आफ्नो पार्टी र जसपा नेपालको संयुक्त सरकार बनाउने गृहकार्यमा जुटेका छन् । तर, बालुवाटार भने नेकपा माओवादी केन्द्र नै फुटाउने गृहकार्यमा जुटेको छ । यसको लागि गृहमन्त्री बादलले प्रचण्डनिकट नेताहरुसँग आन्त’रिक छलफल अघि बढाएका छन् ।

स्रोतकाअनुसार बादलसँगको छलफलमा माओवादी केन्द्र फु’टाउनेबारे हरिबोल गजुरेल, जनार्दन शर्मा, देवेन्द्र पौडेल छन् । ओली सरकारको ने\तृत्वमा माओवादी केन्द्रबाट पाँच जना मन्त्री छन् ।

गृहमन्त्री बादलसहित उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, उर्जामन्त्री टोपबहादुर रायमाझी, श्रममन्त्री गौरिशंकर चौधरी छन् । उनीहरु सांसद हुन् । खानेपानीमन्त्री मणिचन्द्र थापा र दावा लामा पनि माओवादी केन्द्रबाट मन्त्री छन् । तर, उनीहरु सांसद होईनन् ।

दल विभाजनको लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४०-४० प्रतिशत पुर्याउनुपर्ने प्रावधान छ । माओवादी केन्द्रसँग ५३ सांसद छन् । दल विभाजनको लागि २२ सांसद आवश्यक पर्छ । बादलले त्यसको लागि प्रय’त्न गरिरहेको बुझिएको छ ।

केन्द्रीय कमिटीमा बादलसहित उनीसँग वार्तामा बसेका नेताहरु मिल्दा ४० प्रतिशत सजिलै पुग्ने आँकलन गरिएको छ । माओवादी केन्द्र फुटाउन सहयोग गर्नेहरुलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिईने आश्वासन दिएको पनि स्रोतको दाबी छ ।

प्रचण्डले ओली नेतृत्वको सरकार ढाल्नको लागि कांग्रेस र जसपा नेपालसँग पहल गरिरहेका छन् । हिजोमात्रै उनले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसँग छलफल गरिसकेका छन् ।

ओलीकै कारण जुटेको जसपा ओलीकै कारण फुट्दै

प्रतिनिधिसभाको चौथो प्रमुख दल जसपा नेपालमा आन्तरिक क’लह कायमै छ । सो दलका तर्फबाट अध्यक्ष महन्थ ठाकुरले वार्ताका लागि कार्यदल गठन गरेको विषयमा पार्टीभित्र वि’वाद देखिएको हो ।

ठाकुरले सांसद रेशम चौधरीको रिहाइ तथा सत्ता साझेदारीका लागि विभिन्न दलसँग वार्ताका लागि दुई सदस्यीय कार्यदल गठन गरेपछि पार्टीमा वि’वाद चर्किएको हो ।

मंगलबार संसदीय दलको बैठकमा कतिपयले उक्त कार्यदल सरकारसँग वा’र्ताका लागि बनाइएको भन्दै आपत्ति जनाएका थिए । जसपा नेपालमा महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेता पछिल्लो समय ओलीसँग नि’कट सम्बन्धमा छन् भने उपेन्द्र यादव, डा.बाबुराम भट्टराई लगायत साविक समाजवादी पार्टीका नेताहरु प्रधानमन्त्री ओलीलाई कुनै पनि शर्तमा साथ दिन नहुने पक्षमा छन् ।

पार्टीभित्र दुई धारबीच देखिएको यही विवादकै विकसित रुपमा पार्टी विभाजन हुन सक्ने विश्लेषकहरू बताउँछन् । पार्टी विभाजन भएको अवस्थामा साविक राजपा नेपालले ओली ने’तृत्वको सरकारलाई साथ दिएर सत्ता साझेदारीको भू\मिका निर्वा’ह गर्न सक्ने उनीहरुको भनाइ छ ।

जसपा नेपालकै एक कार्यकारि’णी सदस्यका अनुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र राष्ट्रपतिबाहेक जुनसुकै पद दिएर भए पनि सत्ता साझेदारीका लागि जसपा नेपालका केही नेतालाई प्रस्ताव गरेका छन् ।

रेशम चौधरीको रिहाइका लागिसमेत प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको भन्दै ती सदस्यले जसपा नेपालको एउटा पक्ष प्रधानमन्त्रीको प्रस्तावबाट उत्साहित भएको बताए ।

ओली इतर पक्षसँग प्रधानमन्त्री पदका लागि बार्गेनि’ङ

प्रधानमन्त्री ओलीले जसपा नेपालका केही नेतालाई राष्ट्रपति र प्रधानमन्त्री पद बाहेक अन्य पदका लागि आफू तयार रहेको भन्दै सत्ता साझेदारीका लागि प्रस्ताव गरिसकेको अवस्थामा प्रधानमन्त्रीसँग नि’कट सम्पर्कमा रहेको सो पक्षले ओली इतर पक्षसँग भने प्रधानमन्त्री पदका लागि बार्गे’निङ गर्न थालेको छ ।

जसपा नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साहले जसपा नेपाल पनि सरकारको नेतृ’त्व गर्न तयार रहेको बताए । जसपा नेपालले सरकारको ने’तृत्व गर्न चाहेको उल्लेख गर्दै उनले भने, ‘तर एमाले, काँग्रेस, माओवादीले जसपालाई सरकारको नेतृ’त्व गर्न दिन्छन् जस्तो मलाई लाग्दैन ।’

जसपा नेपालका कार्यकारि’णी सदस्य योगेन्द्र राय यादव भने जसपा नेपालले प्रधानमन्त्री पद खोजेको बताउँछन् । ‘त्यसका लागि आन्तरिक रुपमा नेताहरुको बीचमा कुराकानी पनि भइरहेको छ,’ उनले भने, थोरै थोरै सिट भएका राप्रपाका सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दहरु प्रधानमन्त्री बन्न सक्छन् ।-प्र’हार न्युज

२०७७ फाल्गुन २७, बिहीबार २२:५२ गते 1 Minute 387 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।