२०७९ आश्विन ११ मंगलवार

खेमबहादुर घर्तीको बयान – श्रीपेच लगाएर नारायणहिटीबाट शासन चलाउन मन लाग्यो ।

काठमाडौं : रुकुमका खेमबहादुर घर्ती शुक्रबार टि’कट का’टेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहा’लयभित्र प्रवेश गरे । संग्रहालयको द्वा’रबाट छिरेपछि राजदरबार हेर्दै अघि बढे ।

राजदरबारभित्र प्रवेश गरेपछि उनी श्रीपे’च राखेको सोकेश नजिकै पुगे । सोकेशभित्र रहेको श्रीपेच राम्रोसँग हेरे । छुन खोजे तर, सिसाभित्र थियो, श्री’पेच । त्यसपछि उनको मानसप’टालमा एकाएक राजा हुने सपना आउँछ ।

मु’क्काले हि’र्काएर श्रीपे’च राख्ने सोकेस नजिकैको खुकु’री राखेको सिसा फुटा’ए । सिसाले हात का’ट्यो । रगत बग्न थाल्यो तर, उनी रोकिएनन् । त्यसपछि खु’कुरीको सिसामा हि’र्काएर श्रीपे’चको सोकेशतिर अघि बढे । यसअघि सिसा फु’टाएपनि उनले खुकुरी निकाल्न असफल भए थिए।

अघि बढेर श्रीपेचको सोकेशमा प्र’हार गर्न खोज्दा नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई निय’न्त्रणमा लियो ।
काठमाडौंको म्हैपी बस्दै आएका घर्ती अहिले महानगरीय प्रहरी वृत्त दर’बारमार्गको हि”रासतमा छन् ।

२५ वर्षीय घर्तीले के कारणले श्री’पेच चोर्ने प्रयास गरे भनेर प्रहरीले अनुस’न्धान गरिरहेको छ । तर, हालसम्मको अनुस’न्धानमा त्यस्तो कुनै योजनाबद्ध ढंगले घर्तीले श्रीपे’च चो’र्न खोजेको देखिएको छैन । प्रहरीसँग ‘म राजा बन्छु, मलाई श्री’पेच लगाउनु छ भन्ने सोचेँ’ भनेर बयान दिएका छन् ।

उनले अनुस’न्धानमा खटिएका टोलीलाई श्रीपेच लगाएर नारायणहिटीमा बसेर शासन चलाउने सोच आएको बताएका छन् । हाल प्रह’रीको सम्पर्कमा उनका परिवारका सदस्य पनि पुगेका छन् ।

परिवारले उनी मानसिक समस्या रहेको र नियमित औ’षधी सेवन गरिरहेको प्रहरीलाई जानकारी दिएका छन् । तैपनि, प्रहरीले अन्य कारणबारे पनि अनुस’न्धान गरिरहेको छ । साथै, घर्तीविरु’द्ध सार्वजनिक सम्पत्ति तो’डफोड र सार्वजनिक हितवि’रुद्धको कसुरमा मु’द्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।

२०७८ आश्विन ९, शनिबार १८:१५ गते 1 Minute 348 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।