२०७९ आश्विन १२ बुधबार

इजरायल रोजगारीका लागि छानिए १६ सय नेपाली ।

काठमाडौँ : वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान भाषा परीक्षा पास गरेकाहरु मध्येबाट १६ सय जना अर्को चरणको लागि सिफारिस गरेको छ।

विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी नेपाल स्थित इजरायली दूतावासलाई छनौट नामावली बुझाएको छ । इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए ।

जस मध्ये ६ हजार ३९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३९५ जना महिला र ६ सय ४४ पुरुष गरि कुल २ हजार ३९ जनाले अंग्रेजी भाषा परीक्षा पास गरेका थिए । तिनैमध्ये अन्तर्वार्ताको लागि १८ सय ३ जना सहभागी भएका थिए । अन्तर्वार्ताबाट ११ सय २० जना महिला र ४८० जना पुरुष गरि १६ सय जना सिफारिस भएका हुन् ।

अब सिफारिसमा परेका १६ सयलाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ । नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार

इजरायलका दीर्घकालीन सुसारे (केयरगिभर)का लागि नेपाली सहायक कामदार पठाउन लागेको हो । यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जिटुजी मोडलबाट भएको छ । इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य मानिन्छ ।

इजरायल रोजगारमा जानेहरुले एक वर्षको करार अवधिको लागि जाने भएपनि ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् । इजरायल जानका लागि अनुमानित १ लाख ६५ हजार ७०० लाग्ने अनुमान छ भने मासिक करिव १ लाख ९० हजार तलब प्राप्त गर्न सक्छन् ।

२०७८ आश्विन १०, आईतवार ११:२९ गते 0 Minutes 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।